रविको दाबी- स्वर्णिम र रमेश खरेल जनाउ घण्टीमात्र हुन्, दुई तिहाइ ल्याएर सरकार बनाउँछौँ – Nepal Press

रविको दाबी- स्वर्णिम र रमेश खरेल जनाउ घण्टीमात्र हुन्, दुई तिहाइ ल्याएर सरकार बनाउँछौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्को चुनावपछि रास्वपा देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्ने दाबी गरेका छन् ।

उपचुनावका ३ उम्मेदवार घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौँ क्षमतावान् व्यक्तिहरू अहिले आफूहरूसँग संवादमा रहेको र उपचुनावपछि त्यो देखिने बताए ।

लामिछानेले भने– स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता व्यक्तिहरू जोडिनु यो जनाउ घण्टी मात्र होइन । उहाँहरूभन्दा पनि क्षमतावान् व्यक्तिहरू अहिले हामीसँग जोडिन संवादमा हुनुहुन्छ । यस्तै व्यक्तिहरू जोडिएर हामी दुई तिहाइको सरकार बनाउनेछौँ र विषय विज्ञहरुले मन्त्रालय हाँक्नेछन् । यो देशबाट भ्रष्टाचार र घुसखोरी अन्त्य हुनेछ ।

सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने कल्पना पनि गर्न नहुने भन्दै उपचुनावपछि आफूहरू तीनै जना जितेर घण्टी घरमा पत्रकार सम्मेलन गर्ने बताए ।

उनले आफ्नै नेतृत्वको सरकार बनाउने गरी रास्वपा अर्को चुनावमा उपस्थित हुने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर