भागबन्डा र लुछाचुँडीलाई तोड्न नसके कसैको भविष्य सुरक्षित छैन : रमेश खरेल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ का लागि उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेट र माफिया तन्त्रको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।
रास्वपा पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भागबन्डा र लुछाचुँडीलाई तोड्न नसके सकैको भविष्य सुरक्षित नरहेको उनले बताए ।
अहिलेको निराशाबाट पार लगाउने रास्वपा भएको उल्लेख गर्दै उनले भने, ‘लर्को लागेर नेपाली दाजुभाइ बिदेसिने र विदेशबाट पनि बाकसमा फर्किने अवस्थाले सबैलाई पीडा दिएको छ । देशको यो निराशाबाट हामीलाई मोटिभेट गर्ने रास्वपा हो भन्ने मैले फिल गरेको छु ।
उनले हिमाल पहाड र तराई जोडेर नेपाललाई विदेशीको क्रिडास्थल बन्नबाट जोगाउनुपर्ने बताए ।