बोली फेरेको भन्नेलाई पूर्णबहादुरको जवाफ- मैले उपप्रधानमन्त्री बन्दिन कैले भनेको थिएँ ? मन्त्रीमात्रै पो बन्दिन भनेथेँ (भिडिओ) – Nepal Press

बोली फेरेको भन्नेलाई पूर्णबहादुरको जवाफ- मैले उपप्रधानमन्त्री बन्दिन कैले भनेको थिएँ ? मन्त्रीमात्रै पो बन्दिन भनेथेँ (भिडिओ)

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले कहिल्यै पनि उपप्रधान बन्दिनँ नभनेको बताएका छन् । शनिबार सन्त नेता किसुनजीको आश्रम बाडेगाउँमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले धेरै पटक मन्त्री भइसकेकाले त्यसभन्दा माथिल्लो जिम्मेवारी पाए मात्र लिने भनेर भनेको बताए । यसअघि उनले २०७२ सालमा अर्घाखाँचीमा आफू फेरि मन्त्री नबन्ने ‘प्रण’ गरेका थिए । उनलाई अहिले त्यसबेलाको प्रण त्यागेर बोली फेरेको आरोप लागेको छ ।

उनले भने, ‘ म धेरैचोटि मुलुकको मन्त्री भइसकेँ । २०५५ सालदेखि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, युवा तथा खेलकुद मन्त्री, जनसंख्या तथा वातावरणमन्त्री, वाणिज्यमन्त्री, सञ्चारमन्त्री दुई दुई चोटि गृहमन्त्री । यत्रो धेरै मन्त्रालयको मन्त्री भइसकेँ । अब फेरि मैले मन्त्रीका रूपमा फर्कने, फेरि त्यसमा लालच देखाउनु उपयुक्त हुँदैन भन्ने लाग्यो । त्यसैले मैले घोषणा गरेँ । आजदेखि मेरो मन्त्री बन्ने अभियान बन्द भयो । आजदेखि मन्त्री बनाउने अभियानमा लाग्छु भनेर घोषणा गरेँ । त्यसपछि यो ७ वर्षको अन्तरालमा यो घटनाक्रम भए । त्यसपछि मलाई फेरि त्यही कुरा सोधियो । फेरि आफनो कुरामा त्यही भने ।’

उनले आफूले उपप्रधानमन्त्रीबिनाको प्लेन मन्त्री भएको भए आफू मन्त्री नबन्ने बताए ।

उनले भने,‘अहिले सामाजिक सञ्जालमा आइरोखेका छ । मन्त्री खान्न भन्नुभयो फेरि मन्त्री बन्नुभयो भनेर सामाजिक सञ्जालमा सोधेको छ । मैले उपप्रधानमन्त्री बन्दिन कहिले भने मैले मन्त्री बन्दिन भनेको हो । अहिले पनि म त्यही कुरामा अडिग छु । अहिले पनि उपप्रधानबिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ । ७ वर्षको अन्तरालमा मलाई पार्टीका नेताहरूले मन्त्री बन्न आग्रह गर्दा मैले त्यही कुरा भनेको थिएँ । अहिले म मन्त्री मात्र बनिरहेको छैन अहिले म मुलुकको उपप्रधानमन्त्री पनि छु भन्ने कुरा मेरा शुभचिन्तकहरू, सामाजिक सञ्जालमा मेराबारेमा टिप्पणी गर्नेहरू सबै मित्रहरूलाई प्रस्ट पार्न चाहन्छुस म मन्त्री मात्रै बन्थिनँ, नबनेको हुँ । तर अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिनुभयो । त्यसैले म मेरो वचनबाट कहीँ दायाँबायाँ गर्‍या छैन । उपप्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने अवस्था आयो । र त्यही अनुसार अघि बढ्दैछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर