प्रधानमन्त्रीसामू मिटरव्याज पीडितहरु भक्कानिए – Nepal Press

प्रधानमन्त्रीसामू मिटरव्याज पीडितहरु भक्कानिए

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुँदै आफना पीडा पोखेका छन् ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका मिटरव्याज पीडितहरुले प्रधानमन्त्री दाहाललाई आफनो समस्या सुनाउँदा भक्कानो छाडेर रोए । १७ दिनदेखि आन्दोलनमा रहेका मिटरव्याज पीडितहरुले आफनो घर जग्गा मिटरब्याजीको कब्जामा रहेको बताए ।

पीडितमध्ये एक महिलाले १० लाखको रुपैया ऋण लिदाँ २७ लाख तिरिसक्दा पनि अझै पैसा तिरिनसकेको भन्दै आफनो घर जग्गा कब्जा गरेको पीडा प्रधानमन्त्रीलाई सुनाइन् । उनले आफनो पीडा सुनाउँदा भक्कानिएर बोल्न समेत सकिन् ।

उनले भनिन्.’ १० लाखको २७ लाख तिरिसक्यो । तर पनि अझै धम्की दिइराखेको छ ।’  उनले कब्जा गरेको घरजग्गा फिर्ता गर्न माग राखिन् । अर्का एक पीडितले बालुवाटार पुगेका पीडितहरु प्रतिनिधिमात्र भएको र सबैको पीडा उस्तै रहेको भन्दै सरकारसँग मिटरब्याजीको कब्जामा रहेको आफनो घर जग्गा फिर्ता ल्याइदिन आग्रह गरे । उनी पनि प्रधानमन्त्री समक्ष आफनो समस्या राख्दा भक्कानिएका थिए ।

उनीहरुले कब्जा गरेको घरजग्गा फिर्ता गर्न  प्रधानमन्त्री दाहालसमक्ष माग गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर