कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक – Nepal Press

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रीको दावी गरेको थियो ।

हिजो मन्त्रिमण्डल विस्तार गर्ने क्रममा ४ जना मन्त्रीको मात्रै नाम पठाइएको थियो । थप मन्त्री कसकसलाई पठाउने भन्ने विषयमा कार्यसम्पादन समितिको बैठकमा छलफल गर्ने बताइएको छ ।

साथै  समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएकोकेन्द्रीय कार्यालयका मुख्यसचिव  पौडेलले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर