मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्दै – Nepal Press

मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्ने भएका छन् ।

काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले आज बिहान ८ बजे बालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए ।

मिटरब्याज पीडितले केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *