भिक्षु बनेका ३०० बढीले गरे ‘प्राचीन कपिलवस्तु’ तिलौराकोटको भ्रमण – Nepal Press

भिक्षु बनेका ३०० बढीले गरे ‘प्राचीन कपिलवस्तु’ तिलौराकोटको भ्रमण

रुपन्देही । भिक्षु जीवनमा प्रवेश गरेका ३०० भन्दा बढी नवप्रवेशीहरु भिक्षुहरु बुद्ध शिक्षाका लागि प्राचीन कपिलवस्तुको तिलौराकोट आएका छन् । उनीहरु शिक्षासहित तीर्थाटन गर्न बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) आएका हुन् ।

दुई साताअघि उनीहरुसहित ५०० जना एकैपटक लुम्बिनीमा भिक्षु जीवनमा प्रबेश गरेका थिए । उनीहरुले भिक्षाटन पनि गरे । तिलौराकोट आएका उनीहरुलाई कपिलवस्तु नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे, वाटथाई मन्दिरका उपाध्यक्ष राजेश ज्ञवाली, निर्माण ब्यवसायी दिनेश हमाल, ब्यापारी देबेश जैसवालले भिक्षादान गरको थिए । भिक्षा ग्रहणलगत्तै उनीहरुले तिलौरकोटको पुवीारा लगायतका क्षेत्रको अवलोनसमेत गरको थिए ।

शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थ २९ वर्षको युवा अवस्था विताएको स्थल तिलौराकोट आएर उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र पाठ गरे । उनीहरुले तिलौराकोटमा पश्चिमी र पूर्वी द्वार तथा राजप्रसादका भग्नावषेश परिक्रर्मा गरे ।

पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका ५ सयजनाले सामुहिक रुपमा प्रवज्या लिएर गत चैत्र २ गते श्रामनेर बनेका छन् । श्रामनेर भनेको भिक्षु जीवन प्रवेशको पहिलो खुटकिलो हो । भिक्षु जीवनमा प्रवेश शुभारम्भ गर्नु हो ।

भगबान गौतम बुद्धको अनुयायी बन्न पनि कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरुलाई पारिवारिक मायामोहबाट अगल बनाएर केहीदिनदेखि दिक्षा दिईदै आएको छ । नवप्रवेशी श्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० शिल सिकाईएको छ । तच पंचक ध्यान सिकाइएको छ ।

उनीहरुले राम्ररी ब्यवहारमा उतारेको पाइयो भने दुई चार महिनामै भिक्षु संघले पुर्ण भिक्षु बनाउन सक्ने भिक्षु महासंघ अध्यक्ष शोभन महाअस्थबीरले बताए । भिक्षु बनाउने कार्यक्रम महासंघको स्बीकृति लिएर जहिले पनि गर्न सकिने बताए । नबप्रबेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको ईतिहास, बौद्ध शिक्षाको महत्ब र बुद्धले बुद्धत्ब प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिइएको छ ।

त्यस्तै भिक्षु जीवन, करुणा, मैंत्री सद्भाव र भाईचारा लगायतका बिषयमा ज्ञान दिईएको छ । २० दिने अल्पकालिन भिक्षु बनाउने कार्यक्रम चैत्र १७ गते सकिदैछ । बुद्ध धर्म अनुसार शाक्यहरु एकदिनका लागि भएपनि भिक्षु बन्नै पर्छ भन्ने मान्यता रहेको छ । प्रबज्या लिए पछि कतिपय भिक्षु जीवननै ब्यत्तीत गर्छन् । कतिपय फेरी गृहस्ती जीवनमै फर्कन्छन् ।

गौतम बुद्धको अनुयायी बन्न कठिन परिश्रम र संघर्ष गर्नु पर्छ भन्ने अनुभुति दिलाउन पारिवारिक मोहमायाबाट अगल राखेर दिक्षा दिदै श्रामनेर बनाइएको हो । भिक्षु जीवनमा प्रबेश गरको उनीहरुले बुद्ध शिक्षा, शिल र चिबर लिएर भिक्षु बनेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *