स्वर्णिम वाग्ले र रमेश खरेल सँगै राखेर रविले भाेलि पत्रकार सम्मेलन गर्ने – Nepal Press

स्वर्णिम वाग्ले र रमेश खरेल सँगै राखेर रविले भाेलि पत्रकार सम्मेलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

अध्यक्ष रवि लामिछानेले भोलि अपराह्न ४ बजे बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरिने सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले स्वर्णिम वाग्ले र रमेश खरेलसहितको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘हामी ३ भाइको पत्रकार सम्मेलन भोलि ४ बजे ।’

कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका वाग्ले उपनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्दैछन् भने बारा २ बाट खेरल लड्ने भएका छन् । अध्यक्ष लामिछाने चितवन २ बाट उठ्दैछन् ।

 


प्रतिक्रिया

One thought on “स्वर्णिम वाग्ले र रमेश खरेल सँगै राखेर रविले भाेलि पत्रकार सम्मेलन गर्ने

  1. गगनका समर्थक वाग्ले काँग्रेस त्यागेर रास्वपा प्रवेश गरे, पार्टीमा भाउजुको पेलानमा परेर । अब गगन पनि कुनै दिन रास्वपा प्रवेश गरे भने अचम्म नमान्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर