कांग्रेस तनहुँका जिल्ला सदस्यसहित २ जनाले गरे पार्टी परित्याग – Nepal Press

कांग्रेस तनहुँका जिल्ला सदस्यसहित २ जनाले गरे पार्टी परित्याग

पोखरा । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य र गाउँपालिका सभापतिले पार्टी परित्याग गरेका छन् । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य केशवनाथ खनाल र आबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्थ बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद हाबी भएको आरोप लगाउँदै खनाल र पन्थले पार्टी परित्यागको घोषणा गरेका हुन् । भानु नगरपालिकाका पार्टी उपसभापति श्याम जिसीसहितका ७ जना नेताले कांग्रेस परित्याग गरेको घोषणा गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर