नेपाललाई थ्री नेसन कपको उपाधि – Nepal Press

नेपाललाई थ्री नेसन कपको उपाधि

काठमाडौं । लाओसलाई २-१ गोलको नतिजामा पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सम्पन्न अनौपचारिक फाइनल खेलमा नेपाललाई जित दिलाउन आयुष घलान र मनिष डाँगीले गोल गरे ।

खेलको १७औं मिनेटमा फौथाभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । सोहि अग्रता बचाउन नसक्दा पहिलो हफमा लाओस बराबरीमा रोकिएको थियो ।

बोउनपाचाङले दिएको क्रस नेपालका मणी लामासँग डिफ्लेक्ट हुँदै फौथाभमेङको खुट्टाका बल पुगेको थियो । त्यहि, मुभमा नेपालका गोलकिपर किरण कुमार लिम्बुलाई बीट गर्र्दै उनले सुन्दर गोल गरेका थिए ।

नेपालका लागि आयुष घलानले २४ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको २४ औं मिनेटमा एरिक विष्टको क्रसमा आयूसले गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफमा घरेलु टिममाथि केहि दबाब बनाएको लाओसले दोस्रो हाफमा गोल गर्ने अवसरहरु सृजना गर्न सकेन । खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपालको जित २-१ ले सुनिश्चित गरे । उनले अञ्जन बिष्टले सेन्टर नजिकै बाट दिएको क्रसलाई उत्कृष्ट फिनिस गर्दै नेपाललाई उपाधि दिलाएका थिए ।

त्यसअघि, खेलको २६औं मिनेटमा नेपालले अग्रता लिने सुन्दर मौका खेर फालेको थियो । मनिष डाँगीले दाँया तर्फबाट दिएको क्रसिमा नबिन लामाले मिलाइदिएको बलमा अयूष घलानको प्रहार लाओसका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टि बक्स निजिकै बाट बोउनपाचाङले प्रहार गरेको फ्रिकिक नेपालका गोलकिपर किरणले बचाएका थिए ।

मनिष डाँगीले ५६ औं मिनेटमा दाँया फ्ल्याङ्कबाट उत्कृष्ट रन बनाएर दिएको क्रसमा ६ यार्ड बक्स भित्र रहेका आयुष र दीपक राज सींहले भेट्टाउन नसक्दा लाओसका गोलकिपरले सहज रुपमा बचाएका थिए । त्यसको तीन मिनेट नबित्दै नेपालका नविनको कर्नरमा अनन्तको हेडर लोओसका किपरको हातमा पुगेको थियो ।

नेपालले खेलको ६१औं मिनेटमा अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।

नविनको क्रसमा गोल पोष्ट खगाडी रहेका आयुष घलानको हेडर क्रसबार माथि बाट बाहिरिँदा नेपाल अभागि सावित भयो ।
खेलको ६७औं मिनेटमा मनिष डाँगी माथि फाउल गरेपछि नेपालले १८ यार्ड बक्स नजिकै फ्रिकिक पाएको थियो । उक्र फ्रिकिकमा निशान खड्काले सोझै गरेको प्रहार क्रसबारमा लागेर बाहिरिँदा नेपालले अग्रता लिने अर्को मौका खेर फालेको थियो ।

खेलको ७४औं मिनेटमा नविनको पासमा अञ्जनको प्रहार लाओसका गोलकिपरले पञ्च गरेका थिए । उक्त रिबाउन्ड बलमा मनिषले गरेको गोल रेफ्रले अफसाइड घोषणा गरेका थिए ।

पहिलो हाफमा नेपाललाई केहि दबावमा राखेपनि लाओसले दोस्रो हाफमा एउटा मात्रै गोल गर्ने अवसर शृजना गरेको थियो । ८४औं मिनेटमा लाओसका माइकल

चैत्र ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल लाओस र भुटानको सहभागिता रहेको थियो । पहिलो खेलमा लाओसलाई २–० गोलको नतिजामा पराजित गरेको नेपाल दोस्रो खेलमा भुटानसँग संघर्सपूर्ण बराबरी खेल्दै फाइनल पुगेको थियो । यस्तै, लाओस भुटानलाई २–१ गोलको नतिजामा हराउँदै इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो ।

लाओसलाई हराउँदै च्याम्पियन बनेको नेपालले ५हजार र उपविजेता लाओसले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय डलर प्राप्त गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *