नाजिर हुसेन र हरि हुमागाईंको निर्देशनमा ‘तुइन् पारी’ सार्वजनिक (भिडिओ) – Nepal Press

नाजिर हुसेन र हरि हुमागाईंको निर्देशनमा ‘तुइन् पारी’ सार्वजनिक (भिडिओ)

काठमाडौं । निर्देशक हरि हुमागाईंको निर्देशनमा ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक भएको छ । हुमागाँइले यस पटक भिडिओमा एउटा सिंगो कथा बुनेका छन् ।

सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ । भिडिओमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंलाई हेर्न सकिन्छ ।

नाजिरले भिडिओमा वैदेशिक रोजगारीमा गएर स्वदेश र्फकिने एक युवाको भूमिका निर्वाह गरेका छन् जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् ।

भिडिओले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाह्रो परेको खबर पाएर गाँउ फर्कनासाथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ ।

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् ।

भिडिओमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाँईको छायांकन रहेको छ । यस्तै, भिडियोमा प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ ।

हुमागाईँ पछिल्ला केही समयमा छायांकनका साथै म्युजिक भिडियो निर्देशन तर्फ हावी हुँदै गएका छन् । जसले सयौँ म्युजिक भिडिओको छायांकन गरिसकेका छन् ।

भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर