पहिलो हाफमा नेपाल र लाओसको बराबरी – Nepal Press

पहिलो हाफमा नेपाल र लाओसको बराबरी

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओस र नेपालले पहिलो हाफ १-१ गोलको बराबरी खेलेका छन् ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा जारि खेलको १७औं मिनेटमा फौथाभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । सोहि अग्रता बचाउन नसक्दा पहिलो हफमा लाओस बराबरीमा रोकिएको हो ।

बोउनपाचाङले दिएको क्रस नेपालका मणी लामासँग डिफ्लेक्ट हुँदै फौथाभमेङको खुट्टाका बल पुगेको थियो । त्यहि, मुभमा नेपालका गोलकिपर किरण कुमार लिम्बुलाई बीट गर्दै  उनले सुन्दर गोल गरेका थिए ।

नेपालका लागि आयुष घलानले २४औं मिनेटमा बराबरी गोल फर्काए । खेलको २४औं मिनेटमा एरिक विष्टको क्रसमा आयूसले गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि, खेलको २६औं मिनेटमा नेपालले अग्रता लिने सुन्दर मौका खेर फालेको थियो । मनिष डाँगीले दाँया तर्फबाट दिएको क्रसिमा नबिन लामाले मिलाइदिएको बलमा आयुष घलानको प्रहार लाओसका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टी बक्स निजिकै बाट बोउनपाचाङले प्रहार गरेको फ्रिकिक नेपालका गोलकिपर किरणले बचाएका थिए ।

चैत ८ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले ५हजार र उपविजेताले अमेरिकी डलर प्राप्त गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *