कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत – Nepal Press

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको शुक्रबार दिउँसो बसेको नवौँ बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री शर्मालाई प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले विश्वासको मत दिएका थिए ।

विश्वासको मतको विपक्षीमा १ मत परेको छ । १ सांसद अनुपस्थित थिए ।

उनी गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।

गत माघ १८ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेशसभामा पुनः विश्वासको मत लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर