मेरो र ऋषि धमलाको संघर्ष उस्तै, उहाँलाई पनि निरन्तर प्रहार भइरहेको छ : प्रचण्ड – Nepal Press

मेरो र ऋषि धमलाको संघर्ष उस्तै, उहाँलाई पनि निरन्तर प्रहार भइरहेको छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार ऋषि धमलाको खुलेर प्रशंसा गरेका छन् । आज रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले धमला र आफ्नो जीवनमा समानता रहेको समेत बताए ।

प्रचण्डले भने, ‘उहाँ धेरै घुम्ति, मोड र चुनौती पार गरेर अनि आलोचना, प्रशंसा सहेर तथा विभिन्न आरोह-अवरोह छिचोलेर यहाँसम्म आइपुग्नुभएको छ ।’

जीवनका कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न तितामिठा अनुभवबाट गुज्रिनैपर्ने प्रचण्डको भनाइ थियो । ‘असल धातुलाई पनि एउटा रुप दिन त्यसले अग्निपरिक्षाहरु पार गरर अउनुपर्छ । नत्र कुनै पनि धातु चम्किलो हुँदैन,’ प्रचण्डले भने ।

ऋषि धमला र आफ्नो सघर्ष उस्तै रहेको उनले बताए ।

प्रचण्डको थप भनाइ यस्तो थियोः

‘मैले जीवनमा जे भोगेँ, चाहे युद्धमा होस चाहे शान्तिमा होस, चाहे प्रधानमन्त्रीको रुपमा होस चाहे विपक्षीको रुपमा हो, थुप्रै आलोचना, प्रशंसा र गालीको बीचबाट गुज्रिएको छु । आफ्नै अनुभवबाट हेर्दा ऋषि धमलाको जीवन पनि पत्रकारिताको क्षेत्रमा यस्तै छ । उहाँले पनि निरन्तर गाली आलोचना सबै पाइरहनुभएको छ । अहिले पनि उहाँलाई छोडेका छैनन्, कुनै न कुनै रुपमा प्रहार भइरहेको छ । यत्रो परिवर्तनको बाहक हुँदा पनि मलाई घेरा हाल्ने क्रम रोकिएको छैन । कहीँ न कहीँ पत्रकारीतामा ऋषि र राजनीतमिा मेरो अनुभवमा समानता देख्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर