फिनिक्स कलेजद्वारा नेपाली क्रिकेट खेलाडीलाई ५० हजार नगद प्रदान – Nepal Press

फिनिक्स कलेजद्वारा नेपाली क्रिकेट खेलाडीलाई ५० हजार नगद प्रदान

काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टिमका पाँच खेलाडीलाई अभिनन्दन कार्यक्रम मार्फत ५० हजार नगद  प्रदान गरेको छ ।

बिहीबार कलेजले आयोजना गरेको अभिनन्दन कार्यक्रममा नेपाली क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलवसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिएको जनाइएको छ । कलेजका अनुसार पाँचै खेलाडी कलेजमा अध्यनत रहेका छन् ।

कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्व कप्तान पारस खड्काको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै निर्देशक लक्ष्मण पोख्रेलले खेलाडीलाई उच्च शिक्षा हासिल गराउन उत्प्ररित गराउन पूर्ण छात्रवृती उवलब्ध गराउने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *