चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ सार्वजनिक, वैशाख १ मा ट्रेलर आउने – Nepal Press

चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ सार्वजनिक, वैशाख १ मा ट्रेलर आउने

काठमाडौं । आउँदो वर्षको वैशाखको २१ गतेबाट रिलिजको तयारीमा रहेको चलसित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ बोलको गीत आज सार्वजनिक भएको छ ।

पहिलो गीति ‘कथा’ले दर्शकमाझ कौतुहल जगाएपछि निर्माणपक्षले दोश्रो गीत सार्वजनिक गरेको हो । त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर रहेको गीतमा स्वप्निल शर्माको शब्द र स्वप्निल र रोहित शाक्यको संगीत छ ।

सार्वजनिक गीतमा नायक धिरज मगर र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा डान्सका लागि धिरज र जसिताको मिहिनेत देखिएको छ ।

सुशान्त प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ । सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको चलचित्रलाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन्। चलचित्रमा रेनशा राई रानाको निर्देशन रहेको छ। आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको सबै गीतको भिडियोलाई ‘द वाइल्ड रिपर्ज क्रु’ले कोरियोग्राफीमा गरेका हुन् ।

वैशाखको १ गते नै आई एम ट्वान्टी वानको ट्रेलर सार्वजनिक हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *