जेलबाट छुटेपछि पल शाहको पहिलो भिडिओ सार्वजनिक, ३ लाख पारिश्रमिक दिएको दावी – Nepal Press

जेलबाट छुटेपछि पल शाहको पहिलो भिडिओ सार्वजनिक, ३ लाख पारिश्रमिक दिएको दावी

काठमाडौं । जेलबाट छुटेपछि पल शाहको पहिलो म्युजिक भिडिओ सार्वजनिक भएको छ । प्रताप दास र अस्मिता अधिकारीले स्वर दिएको ‘तिमीसँगै हुँदा’ बोलको गीतको म्युजिक भिडिओमा पल देखिएका हुन् ।

यसअघि पल शाहले ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतको फिमेल भर्सनको भिडियोबाट कमब्याक गर्ने बताएका थिए । तर, त्योभन्दा अगाडि नै ‘तिमीसँगै हुँदा’को भिडिओ सार्वजनिक भएको हो । ‘तिमीलाई हेर्ने…’ गीतको भिडियो पल आफैंले उत्पादन गरेका हुन् भने यो भिडीओ उनले पारिश्रमिक लिएर खेलेका हुन् । अघिल्लो गीत चाहीँ पलको आफ्नै युट्यूव च्यानलबाट सार्वजनिक हुनेछ ।

जेल पर्नुअघि एकदेखि डेढ लाख लिएर भिडिओ खेल्ने पल शाहले जेलबाट छुटेपछि पारिश्रमिक दोब्बर बनाएका छन् । यो भिडिओमा उनले झण्डै ३ लाख पारिश्रमिक लिएको दावी गरिएको छ ।

लोकप्रिय गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत ओेएसआर डिजिटलबाट सार्वजनिक भएको हो । भिडिओलाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन् ।

गीतको सुटिङ पल जेल जानुभन्दा अगाडि नै भएको थियो । तर, गीत रिलिज हुनुअघि नै पक्राउ परेपछि यत्तिकै थन्क्याइएको भिडियो अहिले सार्वजनिक गरिएको हो । निर्देशक पाख्रिनले पहिले नै सम्झौता भएअनुसार पलले ‘तिमीसँगै हुँदा’ मा काम गरेको बताए । गीतको भिडिओमा राम्रो लगानी गरेको उनको भनाइ छ ।

जनक कार्की नृत्य निर्देशक रहेको भिडिओमा पलसँगै कला राई फिचर्ड छन् । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ रहेको छ ।

गीत सर्लाहीको बागमतीमा रहेको भरतताल र त्यसको आसपास छांयाकन गरिएको छ । गीतले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने निर्माण पक्षले जनाएको छ । गीत कर्णप्रिय छ भने म्युजिक भिडीओ औसत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर