चितवन २ मा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस – Nepal Press

चितवन २ मा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस

चितवन । नेकपा एमालेले चितवन २ को उपचुनावका लागि उम्मेदवार बन्न जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको हो ।

यसअघि उनी क्षेत्र नम्बर ३ मा उम्मेदवार भएका थिए । तर, पछि पार्टीले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेपछि उनी ब्याक भएका थिए । उम्मेदवारका अन्य आकांक्षी गोपी श्रेष्ठ र तिलचन्द्र भट्टराईले पनि न्यौपानेलाई समर्थन जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *