सीके राउत भन्छन्- जनताको काम गर्न सरकारमा गएका हौं, सत्ताकै लागि कुर्सीमा टाँसिरहन सकेनौं – Nepal Press

सीके राउत भन्छन्- जनताको काम गर्न सरकारमा गएका हौं, सत्ताकै लागि कुर्सीमा टाँसिरहन सकेनौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्ताकै लागि आफूहरु कुर्सीमा टाँसिरहन नसकेको बताएका छन् । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएपछि उनले जनमत पार्टी जनताको सेवा गर्न सरकारमा गएको बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘यदि त्यो गर्न सकिएन र हामीले निर्वाचनको क्रममा जनतासँग शिक्षा, स्वास्थ्य, रोजगारी, किसान आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता समस्या समाधान, आन्दोलनकारीको मुद्दा फिर्ता र राजबन्दीको रिहाइसहितका कुरा सकारात्मक दिशामा अगाडि बढाउन सकिएन भन्ने सत्ताकै लागि कुर्सीमा टाँसिराख्ने पार्टी जनमत पार्टी होइन ।’

उनले मन्त्री पदबाट राजीनामा दिएर मन्त्री खानले जनमत पार्टी र स्वराजी कुनै मन्त्री पदको भोको नभएको प्रष्ट्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर