कप्तान रुविना र सीता फेयर ब्रेक क्रिकेट खेल्न हङकङ प्रस्थान – Nepal Press

कप्तान रुविना र सीता फेयर ब्रेक क्रिकेट खेल्न हङकङ प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टीमकी कप्तान रुविना क्षेत्री र सीता राना मगर दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेस्नल महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न आज हङकङ प्रस्थान गरेका छन् ।

रुविनाले गत सिजनकै क्लब द बार्मी आर्मीबाट खेल्नेछिन् भने सीताले पनि टोर्नान्डो वुमेन्सबाट खेल्नेछिन् । सीता सम्मिलित टोर्नान्डो वुमन्स पहिलो संस्करणको च्याम्पियन हो ।

अघिल्लो सिजन दुई खेलमात्रै खेलेकी रुविनाले उल्लेखनीय प्रदर्शन गर्न सकेकी थिइनन् । तर, सीताले प्रतियोगिताको ७ खेल खेल्दै ४ विकेट लिएकी थिइन् । उनले २२ रन पनि जोडेकी थिइन् ।

हालै सम्पन्न ललितपुर मेयर्स कपमा सर्वोत्कृष्ट घोषित सीताबाट यस सिजन पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्न सकिन्छ ।
फेयर ब्रेक अप्रिल ३ देखि १६ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा बार्मी आर्मी, वारियर्स, टीम स्पिरिट, साफियर्स, फ्लाकोन्स र टोर्नान्डोस गरी ६ टीमको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *