शाओमी नेपालले सुरु गर्‍यो ‘एमआई सन’ शिक्षा – Nepal Press

शाओमी नेपालले सुरु गर्‍यो ‘एमआई सन’ शिक्षा

काठमाडौं । स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभलाइट सोसाइटी (बाल आश्रम)लाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बिहीबार नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डेले संस्थालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा गोदावरीस्थित दुइटै संस्थालाई २०० भन्दा बढी स्कूल ब्याग, स्टेशनरी सामान, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजर प्रदान गरेको कम्पनीले बताएको छ ।

कार्यक्रममा पाण्डेले भने, ‘हाम्रो उद्देश्य सकेसम्म धेरै मानिससम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो । हामीले यसलाई हाम्रो ‘एमहाई सन’ शिक्षा बनाएका छौं । यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ ।’

शाओमीले यसअघि पनि विभिन्न परोपकारी कार्यक्रम आयोजना गरिसकेको छ र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *