श्रीलंकाले ४४ वर्षपछि विश्वकप छनोट खेल्ने – Nepal Press

श्रीलंकाले ४४ वर्षपछि विश्वकप छनोट खेल्ने

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट अन्तर्गत सुपर लिगको शीर्ष ८ मा पर्न असफल भएसँगै एसियन च्याम्पियन श्रीलंकाले ४४ वर्षपछि विश्वकप छनोट खेल्ने भएको छ ।

न्यूजिल्यान्डसँग तीन खेलको एकदिवसीय श्रृंखलामा २–०ले पराजित भएसँगै श्रीलंकाले नेपालसँगै जिम्बावेमा आयोजना हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने भएको छ ।

तेस्रो एकदिवसीय खेलमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका ४१.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो । श्रीलंकाका ओपनर पाथुम निसान्का ले सर्वाधिक ५७ रन बनाउँदा मध्यक्रमका ब्याटर कप्तान दसुन शनाकाले ३१ रन, चामिका कारुनारत्न २४ रन र धनन्जय दी सिल्भा १३ रनमा आउट भए ।

श्रीलंककाका ८ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकि पभेलियन फर्किएका थिए । न्यूजिल्याण्डका म्याट हेन्री, हन्री शिप्ले र ड्रायल मिचेलले समान ३ विकेट लिए । दोस्रो इनिङमा श्रीलंकाले दिएको १ सय ५८ रनको लक्ष्य न्यूजिल्यान्डले ३२.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै १ सय ५९ रन बनायो ।

न्यूजिल्यान्डका विल योङले सर्वाधिक ८६ रनको इनिङ खेले । उनले १ सय १३ बल खेल्दै ११ चौका प्रहार गरे । हेन्री निकोलासले ५२ बलमा ४४ रन जोडे । श्रीलंकाका लाहिरु कुमारा ले २ विकेट लिँदा कासुन रजिता र दसुनले एक–एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर