उग्र बन्दै पहिचानवादीको आन्दोलन, इटहरीमा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड (भिडिओ) – Nepal Press

उग्र बन्दै पहिचानवादीको आन्दोलन, इटहरीमा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड (भिडिओ)

विराटनगर । कोशी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादी झन् उग्र बनेका छन् । आज आन्दोलनकारीहरूले इटहरीको वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा तनाव अझ बढाएको हो ।

तालाबन्दी गर्न गएका आन्दोलनकारीले इटहरी २० नं वडा कार्यालयमा तोडफोड गरेका छन् । कार्यवाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल भइरहँदा वडा कार्यकालमा तोडफोड भएको हो । तोडफोडबाट झ्यालका सिसा फुटेका छन् । वडा कार्यालयको डिजिटल बोर्ड समेत तोडफोड गरिएको छ ।

उनीहरूले तरहरा प्रहरी चौकीको ना. १ झ ६२० नम्बरको गाडीको सीसा पनि फुटाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर