एक हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

२०७९ चैत १७ गते ११:१७

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बिहिबार मात्रै प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरि शुक्रबार चाँदी २५ पैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर