भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण – Nepal Press

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण

दोधारा चाँदनी । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना संक्रमण देखिएको हो ।

‘भारतबाट आएका दुई जनामा संक्रमण देखिएको छ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ ।’

संक्रमणको जोखिमका कारण स्वास्थ्य कार्यालयले शुक्रबारदेखि कोभिड-१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा सुरू गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको बताए ।

‘अहिले नाकामा भारतबाट आउनेको एन्टिजेन परीक्षण गरिरहेका छौं । आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरू हुँदैछ’, भट्टले भने ।

नयाँ वर्ष मनाउन फर्किनेको संख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ

खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको स्वास्थ्यकर्मी बताउँछन् ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर