तनहुँ १ मा नेकपा एसबाट प्रतापलाल सर्वसम्मत सिफारिस – Nepal Press

तनहुँ १ मा नेकपा एसबाट प्रतापलाल सर्वसम्मत सिफारिस

पोखरा । तनहुँ १ मा आउँदो वैशाख १० को उपनिर्वाचनमा सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

बिहीबार बसेको जिल्ला कमिटिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरी सिफारिस गरेको हो ।

‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक शक्तिहरू र आम स्वतन्त्र नागरिकलाई आफ्नै माटोले जन्माएको संघर्षशील नेता प्रतापलाल श्रेष्ठलाई विजय गराउन हार्दिक आव्हान र अपिल गर्दछौं’, बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष श्रीराम कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँ कांग्रेसले गोविन्द भट्टराईलाई उठाउँदैछ । रास्वपाबाट डा. स्वर्णिम वाग्ले पक्कापक्कीजस्तै भइसकेका छन् ।

एमालेले भने शनिबारको सचिवालय बैठकबाट निर्णय गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर