अब स्वर्णिम दिनहरू आउनेछन्: रवि लामिछाने – Nepal Press

अब स्वर्णिम दिनहरू आउनेछन्: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अब स्वर्णिम दिनहरू आउने भन्द यो देश आफ्नो पुस्ताले हाँक्ने बताएका छन् ।

कांग्रेस छाडेका युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई आजै पार्टीमा भित्र्याएका उनले बिहीबार राति फेसबुकमा एकको बदला तीनजना सांसद लिएर सदन छिर्ने प्रणसमेत गरेका छन् ।

आफ्नो खुट्टामा काँडा बिझेको भन्दै उनले ती हाँडा टिप्नमात्र निहुरिएको तर नझुकेको बताएका छन् ।

‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद छिर्ने सपना छ ‘, रविले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर