१० दलीय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार (पूर्णपाठ) – Nepal Press

१० दलीय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार (पूर्णपाठ)

काठमाडौं । १० दलीय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । बिहीबार १० पृष्ठको उक्त साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन र विकास, संघीय लोकतान्त्रिक गणन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने, देशको अर्थतन्त्र सुदृढ गर्न नीतिगत र संचरतनागत तथा कार्यगत सुधारलाई पहिलो प्राथमिकता रहेको छ ।

गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने पनि गठबन्धन सरकारको प्राथमिकतामा छ ।

शान्ति प्रकृयालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने प्राथमकितामा उल्लेख छ ।

खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक सबै प्रकारका विभदेका अन्त्य गरी समता, स्वतन्त्रता एवम न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने प्राथमकितामा रहेको छ । यस्तै राष्ट्रिय हितको रक्षा एवम जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्ने उल्लेख छ ।

संयुक्त सरकारका नीति र कार्यक्रममा मुलुककको स्वाधिनता र राष्ट्रिय हितको सम्वद्र्धन, गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता तथा संक्रमणकालीन न्याय, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तात्कालिक राहत, पुननिर्माण र पुन:स्थापना, पर्यावरणीय सन्तुलन तथा विपद् व्यवस्थापन, अन्तराष्ट्रिय सम्बन्धलगायतका विषय पनि साझा कार्यक्रममा समेटिएका छन् ।

यस्तो छ गठबन्धनद्वारा तयार न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर