एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ, अब गुट चल्दैन: पौडेल – Nepal Press

एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ, अब गुट चल्दैन: पौडेल

कैलाली । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कञ्चनपुरमा पार्टीभित्रको आन्तरिक द्वन्द्वले निर्वाचनमा पराजय भएको बताएका छन् ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटको कञ्चनपुरस्तरीय समीक्षा तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको अन्तर्विरोधलाई समयमै व्यवस्थापन गर्नुपर्ने बताए ।

‘एमालेलाई कुनै पनि राजनीतिक दलले चुनावमा हराउन सक्दैन, एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ’, उपाध्यक्ष पौडेलले भने, ‘कञ्चनपुरमा अन्तर्विरोधले चुनाव हारिएको हो । यसलाई समयमै व्यवस्थापन गर्नुपर्छ ।’

उनले पार्टी निर्माण र गुट बनाउने काम सँगसँगै नहुने उल्लेख गरे । ‘पार्टी बनाउने र गुट बनाउने काम सँगसँगै अगाडि बढ्न सक्दैन, पार्टी बनाउने हो भने गुट भत्काउनुपर्छ,’ पौडेलले भने, ‘गुट बनाउन थाल्नुभयो भने पार्टी ध्वस्त हुन्छ । त्यसैले पार्टीलाई बलियो बनाउन गुट भत्काउनु जरुरी छ ।’

ग्रासरुट अभियानअन्तर्गत नेता-कार्यकर्तालाई दिएको जिम्मेवारीअनुसार काम गरेर नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्री पौडेलले अहिलेको सत्ता गठबन्धन लामो समय नजाने टिप्पणीसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर