अझै टुंगिएन कुन दललाई कुन मन्त्रालय, सबै दलका नेताहरुसँग आलोपालो छलफलमा प्रधानमन्त्री – Nepal Press
गठबन्धन बैठक

अझै टुंगिएन कुन दललाई कुन मन्त्रालय, सबै दलका नेताहरुसँग आलोपालो छलफलमा प्रधानमन्त्री

काठमाडौं । मन्त्रालयको भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा नेता शरदसिंह भण्डारीलगायत नेताहरु बाहिरिएका छन् ।

प्रधानमन्त्रीले अहिले बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरिरहेका छन् । प्रचण्ड र देउवाबीच छलफल दलिरहेको बेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुगेका छन् ।

आज सरकारलाई पूर्णता दिनेगरी प्रधानमन्त्रीले गृहकार्य अघि बढाएपनि दलहरुको अडानको कारणले सम्भावना न्यून बनेको छ । कुन दललाई कुन मन्त्रालय दिने भन्ने सहमति हुने सकेको छैन ।

मन्त्रालय नटुंगिएकै कारणले दलहरुले पनि मन्त्रीको नाम दिएका छैनन् । कुनै मन्त्रालयमा तेहोरोसम्म दाबी पर्दा प्रधानमन्त्रीलाई भागबण्डा मिलाउन मुस्किल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर