‘बहाब’मा नयाँ प्रयोग- एआई प्रविधिबाट बनाइयो फिल्मको पोस्टर – Nepal Press

‘बहाब’मा नयाँ प्रयोग- एआई प्रविधिबाट बनाइयो फिल्मको पोस्टर

काठमाडौं । चैत २४ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरिएको छ । नेपाली सिने क्षेत्रमा पहिलो पटक यो प्रविधिबाट पोस्टर तयार पारिएको निर्माण पक्षले दाबी गरेको छ ।

प्रिक्सा टेक्नोलोजीको रिरि नामक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सिस्टमबाट यो फिल्मको पोस्टर निर्माण गरिएको हो । सुरक्षा पन्तका धेरै फोटोलाई लिएर त्यसलाई रिरि सफ्टवेयरमा प्रशिक्षण दिएर उत्पादन गरिएको तस्वीर अन्ततः चलचित्रको पोस्टरको रुपमा सार्वजनिक गरिएको छ ।

प्रमोद कँडेलको निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *