मिटरब्याजपीडित र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन – Nepal Press

मिटरब्याजपीडित र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । मिटरव्याजपीडित र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार बिहान १० बजेदेखि सुरु भएको वार्तामा पीडितको मागका विषयमा यसअघिको कार्यदलको प्रतिवेदनअनुसार अघि बढ्ने सरकारीले बताएपछि वार्ता निष्कर्षविहिन भएको हो ।

पीडित पक्षले भने पुरानो प्रतिवेदनले मुद्दा सम्बोधन नगर्ने अडान लिएपछि वार्ता टुंगोमा पुग्न नसकेको हो ।

बिहीबार साँझ ६ बजे फेरि छलफल गर्नेगरी बिहानको बैठक टुंगिएको गृह मन्त्रालयका सहसचिव एवम् वार्ता समिति संयोजक रुद्रादेवी शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर