ज्ञानेन्द्रसहित पाँच क्रिकेटरलाई फिनेक्स कलेजको सम्मान – Nepal Press

ज्ञानेन्द्रसहित पाँच क्रिकेटरलाई फिनेक्स कलेजको सम्मान

काठमाडौं । फिनेक्स कलेजले नेपाली राष्ट्रिय टिमका पाँच खेलाडीलाई सम्मान गरेको छ ।

बिहीबार एक कार्यक्रम आयोजना गर्दै फिनेक्स कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सूर्य तामाङ र सन्दीप जोरालाई नगद पचास हजारसहित सम्मान गरेको हो ।

क्रिकेट क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका कारण सम्मान गरेको कलेजले विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

सम्मानित पाँचै क्रिकेटरहरू फिनिक्स कलेजमा स्नातक अध्ययनरत छन्। यस्तै, अभिनन्दन कार्यक्रमको प्रमुख उद्देश्य खेलकुदमा उल्लेखनीय उपलब्धि तथा योगदान पुर्‍याएका राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई सम्मान गर्नुका साथै खेलाडीहरूको उत्कृष्ट योगदानको उच्च कदर गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।

लिग २ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउँदा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल नेपाली टिमका सदस्य थिए । कमलसिंह ऐरी र सन्दीप जोरा पनि रिजर्भमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर