गठबन्धन बैठक छाडेर बालुवाटारबाटै हेलिकप्टरमा चितवन उडे प्रचण्ड – Nepal Press

गठबन्धन बैठक छाडेर बालुवाटारबाटै हेलिकप्टरमा चितवन उडे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक छाडेर चितवन उडेका छन् ।

मन्त्रालय भागबण्डाका लागि आज बिहान आह्वान भएको बैठक बालुवाटारमा जारी छ ।

चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू अहिले पनि बालुवाटारमा नै छन् ।

उनी दिउँसो एक बजे काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।

आजै प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर