अमेरिकी डलरसँगै युरोको भाउपनि बढ्यो – Nepal Press

अमेरिकी डलरसँगै युरोको भाउपनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । लगातार तीनदिन देखि घटेको अमेरिकी डलरको भाउ आज २४ पैसाले बढेको छ । यसअघि बुधवार २९ पैसाले उक्त डलरको भाउ घटेको थियो ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । अघिल्लो दिन बुधवार उक्त डलरको खरिद मूल्य १३१ रुपैयाँ २१ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरो भने उकालो लागेको छ । आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७० पैसाले बढेको हो ।

बुधवार युरो एकको खरिद मूल्य १४१ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधवार १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यो मूल्य बुधवारको तुलनामा ७२ पैसाले बढेको हो । बुधवार यसको खरिद मूल्य १६१ रुपैयाँ ५० पैसा र बिक्री मूल्य १६२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, बुधवार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ एक पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *