वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले पाँच महिनादेखि किन पाएनन् तलब ? – Nepal Press

वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले पाँच महिनादेखि किन पाएनन् तलब ?

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरले विगत पाँच महिनादेखि स्वास्थ्यकर्मीले तलब भत्ता पाउन सकेका छैनन् ।

वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीले आफूले काम गरे बापतको पाँच महिनादेखि तलब भत्ता नपाएको नेपाल प्रेसलाई जानकारी दिएका हुन् ।

कर्णाली राजधानीको मुटुमा रहेका नगरपालिकामा कर्मचारीले तलब भत्ता नपाउँदा कर्मचारी मारमा परेको उतरगङ्गा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी उदय थापाले बताए ।

‘स्वास्थ्यका कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनौ । तलब मात्रै नभई स्थानीय सरकारले दिने महंगी भत्तासमेत हामीले पाएका छैनौ । सबै कर्मचारीको हाउजिङ्ग लोन हुन्छ । छोराछोरी पढाउने देखि घर खर्च त्यसैमा गर्नु पर्छ’, उनले भने, ‘नगरपालिकाले मन्त्रालयले तबल पठाए पछि खुवाउने भन्ने छ । मन्त्रालय र नगरपालिकाको आरोप प्रतिआरोपको रस्साकसीले गर्दा अहिलेसम्म तलब पाउन सकेको छैनौ ।’

अरू सेवाका कर्मचारीले दरबन्दी नभएपनि नगरपालिका अन्तर्गतका कर्मचारीले तलब भत्ता पाइरहेका छन् । तर, स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका स्थायी कर्मचारीले तलब पाउन सकेका छैनन् । हामी संवेदनशील सेवामा काम गर्ने, प्राथमिकता युक्त कार्यक्रम चलाई रहनु पर्ने, कोरोनाको महामारीमा रातदिन खटाउँदा पनि बिरामीको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीचारीहरुलाई स्थानीय सरकार र संघीय सरकारको चपेटामा स्थानीय कर्मचारी परेका छन् ।

‘समायोजन भएर आएको यतिका लामो समय भइसक्दा पनि नियमित तलब पाउँदै आएको आएका थियो । तर, गत कात्तिक महिनादेखि हामीले तलब पाउन सकेका छैनौ’, उनले बताए ।

यस्तै, जन स्वास्थ्य अधिकृत भूपेन्द्रदेव गिरीले कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ मा ३८ जना कर्मचारी स्वास्थ्य मन्त्रालयले पठाएको जानकारी दिए । त्यसपछि फेरि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्था २०७७ मा ५६ जना कर्मचारीलाई पठाएको गिरीले बताए ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयबाट २ करोड ६३ लाख बजेट ३८ जनालाई आएको थियो । उक्त बजेट फेरी आउँछ भन्ने सोचेर ९४ जना कर्मचारीलाई तलब खुवाइयो तर कात्तिकदेखि यता बजेट आएन ।’

साथै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले दरबन्दीअनुसार तलब दिएको जनाकारी दिए ।

‘कात्तिक महिनामा नै तलब सकियो । तलबका लागि पटक पटक मन्त्रालयमा पत्राचार गर्यो । हालसम्म तलब प्राप्त भएको छैन । कात्तिकबाट कर्मचारीले तबल नपाएको सत्य हो । यसको लागि निरन्तर प्रयास भएको छ । मन्त्रालयले निकासा दिनपर्छ कि भने तलब पठाउनु पर्यो नत्र भने कर्मचारीको व्यवस्था हुनुपर्यो’, उनले भने, ‘पहिला मन्त्री स्तरीय निर्णयबाट दरबन्दीका लागि मात्रै भनेर पैसा आयो । पछि व्यवस्थापन भयो तलब दिनुस् भन्ने कुरा आएपछि तबल दिइयौ । कर्मचारीले काम गरिरहनु भएको छ । कुनै पनि बेलामा स्वास्थ्य सेवा बन्द हुन सक्छ । धेरै पटक कर्मचारीहरू डेलिगेसनमा आउनु भएको छ । यो विषय मन्त्रालयको हातमा छ । मन्त्रालय मातहतबाट आएको कर्मचारीको तलब मन्त्रालयले दिन पर्यो ।’

उनले मन्त्रालयबाट आयो भने त्यसको व्यवस्थापन हुने बताए । उनका अनुसार वीरेन्द्रनगरमा संगठन तथा व्यवस्थापन सर्वेक्षण भएको छैन । स्वास्थ्यमा कर्मचारी बढी छन् । प्राविधिकमा पनि कर्मचारी बढी छन् । कुनैमा बढी कम कुनैमा कम कर्मचारी छन् त्यसको राम्रोसँग वयनाम गर्नुपर्ने छ ।

‘कर्मचारी के कति छन्, कति थप्ने, कति घटाउने, कति व्यावस्थापन गर्ने सबै कुरा वस्तुनिष्ठ विश्लेषण गरेर अगाडि बढ्नमा प्रदेश सरकारसँग अनुरोध गरेका छौँ । प्रदेश सरकारले नमुनाको रूपमा वीरेन्द्रनगरलाई वय नाम गरिदिने भन्ने कुरा भएको छ’, उनले भने ।

यस्तै, स्थानीय तहका कर्मचारीलाई वीरेन्द्रनगर नगरपालिकाको सिफारिस र सहमतिका आधारमा मन्त्रालयले कर्मचारी पठाएको स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखाका तुलसी गौतमले बताए । मन्त्रालयले तिमिहरू जाऊ जहाँ गए पनि हुन्छ भन्दियो र पालिकाहरूले पठाउ तलब खुवाउँछ भनेर भन्यो त्यसैले मन्त्रालयले कर्मचारी पठाएको गौतमले भने ।

‘कर्मचारीहरूको जहाँ दरबन्दी थियो तलब त्यही गइसकेको छ । हामीले यहाँ अर्थ मन्त्रालयसँग लभिङ्ग गरिरहेका छौँ । अर्थ मन्त्रालयले एउटै कर्मचारीलाई दुईतिर तलब पठाउँ सकिन्न भन्छ’, उनले भने, ‘त्यहाँ बसेका कर्मचारीले त्यो दरबन्दीमा जाऊ भन्नु पर्ने हो वीरेन्द्रनगर नगरपालिकाले किन सिफारिस दियो, किन तलब ल्याएर काम लगाउँछु, यहाँ आएपनि तलब खुवाउँछु भनेर सिफारिस दिएको छ । त्यहीँ आधारमा मन्त्रालयले कामकाजमा खटाएको हो सरुवा पनि होइन । कि कर्मचारीलाई तलब भत्ताको त्यहीबाट व्यवस्थापन गर्नुपर्थ्यो भएन । कर्मचारीको तलब भत्ता थप दिनु पर्यो भनेर अर्थ मन्त्रालयलाई चिठी लेखेर पठाएको छ, उसले यो दिन मिल्दैन भन्छ समस्या यही हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर