आमाको सल्लाहमा ३० वर्ष कटेपछि डिम्ब फ्रिज गरें, स्वतन्त्रताको महसुस भयो: प्रियंका चोपडा – Nepal Press

आमाको सल्लाहमा ३० वर्ष कटेपछि डिम्ब फ्रिज गरें, स्वतन्त्रताको महसुस भयो: प्रियंका चोपडा

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो निजी जीवनका केही रहस्य उजागर गर्दै दिएको अन्तर्वार्ताले सनसनी मच्चाएको छ । उनले बिहे अगाडि नै आफूले आफ्नो डिम्ब फ्रिज गराएको पहिलोपटक रहस्योद्घाटन गरिन् ।

अमेरिकी अभिनेता ड्याक्स सेपार्डसँगको पोडकास्ट दिएको अन्तर्वार्तामा प्रियंकाले आफ्ना निजी जीवनका विषय खोतलेकी हुन् । ३० वर्ष पार भएपछि स्त्रीरोग विशेषज्ञसमेत रहेकी आमा डा. मधु भट्टराईको सुझावमा आफूले डिम्ब फ्रिज गराएको उनको भनाइ छ ।

आफ्नो सो निर्णयबारे प्रियंकाले भनेकी छन्, ‘(डिम्ब फ्रिज गरेपछि) मलाई यस्तो स्वतन्त्रताको महसुस भयो कि अब मेरो करिअरका महत्वाकांक्षा हासिल गर्न कुनै रोकावट बाँकी थिएन । मेरी आमाले पनि ३५ वर्ष कटिसकेपछि आमा बन्न सजिलो हुँदैन भनेर सुझाव दिनुभयो ।’

प्रियंकाले आफ्नो श्रीमान निक जोनससँग भेट हुनुभन्दा धेरै अगाडि डिम्ब फ्रिज गरेको बताएकी छन् । उनले आफू डिम्ब फ्रिज गर्ने उपचार पद्धतिको एड्भोकेट भएकोसमेत जानकारी दिइन् ।

‘मेरो मम्मीले मलाई भन्नुभयो र म आफैंले यो गरें । मैले आफूभन्दा कम उमेरका सबै साथीहरुलाई भनें कि जैविक घडी वास्तविकताका लागि हो । ३५ वर्षको उमेरपछि गर्भवती हुन गाह्रो हुन्छ, खासगरी ती महिलाको लागि जो प्रायः काममा नै व्यस्त हुन्छन् । त्यसैले कामकाजी महिलाहरुले पनि मैले जस्तै डिम्ब फ्रिज गराउनु राम्रो हुन्छ । फ्रिज गरिएको अण्डाको उमेर सधैं एउटै हुन्छ ।’

प्रियंकाले आफूलाई बच्चाहरु भने एकदमै मन पर्ने बताएकी छन् । उनी भन्छिन्, ‘म सधैं बच्चा चाहन्थें र यही कारणले मैले निकसँग डेट गर्न चाहिनँ किनकि मलाई लागेको थियो ऊ २५ वर्षको उमेरमा बच्चाका लागि तयार नहुनसक्छ ।’

सन् २०१८ मा अमेरिकी गायक निक जोनससँग विवाह गरेको चार वर्षपछि प्रियंकाले सरोगेसीमार्फत छोरी मालतीलाई जन्म दिएकी थिइन् । आफ्नो स्वास्थ्य समस्याका कारण सरोगेसीबाट बच्चा जन्माउनुपरेको उनको भनाइ छ ।

किन गरिन्छ डिम्ब फ्रिज ?

महिलाहरुले यदि ३५ वर्ष कटेपछि बच्चा जन्माउन सोच राखेको अवस्थामा डिम्ब फ्रिज गराउने सुझाव चिकित्सकहरुले दिन्छन् । डिम्ब फ्रिज गर्नु भनेको महिलाको प्रजनन क्षमताको संरक्षण गर्नु हो ताकि उनीहरुले पछि चाहेको बेलामा बच्चा जन्माउन सकून् ।

खासगरी आफ्नो करिअरमा बाधा पुग्ने डरले चाँडै बच्चा जन्माउन नसक्ने महिलाहरुले यो विकल्प रोज्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर