रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस, माओवादीको छः सांसद परियार – Nepal Press

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस, माओवादीको छः सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका हुन् ।

उनले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहेपनि हालसम्म टुंगो नलागेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आफूहरुप्रति सद्भाव रहेको बताए ।

उनले भने – ‘विश्वासको मत हामीले दिइसके पछाडी सामान्य अर्थमा सरकारमा रास्वपा जान्छ भन्ने नै हो । तत्कालै उपनिर्वाचन पनि आएको र विशेषगरी यो गठबन्धनमा आफैँपनि कुराहरु नमिलिसकेको अवस्था । हामी त गठबन्धनमा छैनौँ विश्वासको मत दिएपनि । हामी उपनिर्वाचनमा केन्द्रीकृत भइरहनुपर्ने भएको कारणले हामीले टुंग्याएको छैन । विशेषगरी नेपाली काँग्रेस, माओवादी लगायत प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने उहाँहरुको सद्भाव त छ । तर अहिलेको हाम्रो आवश्यकता उपनिर्वाचन हाम्रो लागि महत्वपूर्ण छ । संवाद जारी छ । तर टुंगिएको छैन । मलाई लाग्छ आज भोलिमा टुंगिन्छ ।’

उनले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर