बीपीडब्लु लघुवित्त तथा मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्झौता – Nepal Press

बीपीडब्लु लघुवित्त तथा मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्झौता

काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्सबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ ।

वुधबार एक कार्यक्रममा बिपिडब्लुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र मेगा क्यापिटलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।

कार्यक्रममा मेगा क्यापिटल मार्केट्सका मार्केटिङ्ग हेड गिरी राजपोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको जनाइएको छ ।

सम्झौता अनुसार अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य मेगा क्यापिटल, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर