अमेरिकी सभामुखले ताइवानका राष्ट्रपतिसँग भेटवार्ता गरे प्रतिकारमा उत्रिने चीनको चेतावनी – Nepal Press

अमेरिकी सभामुखले ताइवानका राष्ट्रपतिसँग भेटवार्ता गरे प्रतिकारमा उत्रिने चीनको चेतावनी

काठमाडौं । अमेरिकी सभामुखले ताइवानको राष्ट्रपतिसँग भेटवार्ता गरे प्रतिकारमा चीनले चेतावनी दिएको छ । ग्वाटेमाला र बेलीजको भ्रमणको क्रममा ताइवान राष्ट्रपति साइ इन वेङ न्यूयोर्क हुँदै जाने तयारीमा छन् ।

अमेरिकी शहर न्यूयोर्क र क्यालिफोर्निया ट्रान्जिट रहेकोले सो समयमा वेङ र अमेरिकाका सभामुख केभिन मेकक्यार्थीबीच भेटघाट हुनसक्ने सम्भावना बढी छ । सोही सम्भावनालाई लिएर चीनले यस्तो चेतावनी दिएको हो ।

आधिकारिक घोषणा नभए पनि वेङको भ्रमणको अन्तिम दिनमा वेङ र मेकक्यार्थी बिच भेटवार्ता हुन सक्ने प्रबल सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्रको रूपमा दाबी गर्ने चीनले बारम्बार अमेरिकी अधिकारीहरूलाई साइसँग भेटवार्ता नगर्न चेतावनी दिँदै आएको छ ।

चीनको ताइवान मामिला कार्यालयका प्रवक्ता झू फेंग्लियनले बुधवार बेजिङमा एक पत्रकार सम्मेलन गर्दै साइको अमेरिकी ट्रान्जिट होटेल र एयरपोर्टमा मात्र सीमित नभई अमेरिकी अधिकारीहरू र विधायकहरूलाई भेट्नको लागि भएको दाबी गर्दै उक्त भेटवार्ताले एक चाइना नीतिमा गम्भीर आघात पुग्ने बताएका छन् ।

‘हामी यसको दृढतापूर्वक विरोध गर्दछौँ र निश्चित रूपमा दृढतापूर्वक प्रतिकार गर्न उपायहरू लिनेछौँ’, उनले भनेकी छिन् ।

यता अमेरिकाले भने चीनलाई साइको उक्त ट्रान्जिटलाई सामान्य प्रक्रियाका रूपमा ग्रहण गर्दै यसलाई लिएर ताइवानको विरुद्ध कुनै पनि कदम चाल्न नहुने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *