बढुवा भएका एआईजीको पदस्थापन, मेट्रोमा ज्ञवाली र सीआईबीमा बज्राचार्य – Nepal Press

बढुवा भएका एआईजीको पदस्थापन, मेट्रोमा ज्ञवाली र सीआईबीमा बज्राचार्य

काठमाडौं । सरकारले हालै बढुवा भएका अतिरिक्त महानिरीक्षकको पदस्थापन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।

श्याम ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय (मेट्रो), किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र टेकप्रसाद राईलाई प्रहरी एकेडेमीमा पदस्थापन गरेको छ ।

दीपक थापा भने प्रहरी प्रधान कार्यालयअन्तर्गत विभागमा पदस्थापन भएका छन् । सरकारले चैत ८ गते ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेकामा वसन्त कुँवरलाई दुई दिनपछि आईजिपी बनाउने निर्णय भएको थियो । नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर