विराट गोल्डकप : साविक विजेता एपीएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा – Nepal Press

विराट गोल्डकप : साविक विजेता एपीएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

मोरङ । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपीएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो ।

लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका थिए । यस्तै एपीएफको तर्फबाट दीपेश धिमाल र सविन गुरूङले गोल गरे ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित खेल खेलेपछि छिनोफानो टाइब्रेकरबाट भएको हो ।

खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर महमद सरफिर घोषित भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । यही चैत १६ गते हुने फाइनलमा लुका सकरले विराटनगर सिटीसित खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *