नेकपा एस छोडेका जंगली भन्छन्- पार्टीमा काम गरें भने एमालेमै फर्किएर गर्छु – Nepal Press

नेकपा एस छोडेका जंगली भन्छन्- पार्टीमा काम गरें भने एमालेमै फर्किएर गर्छु

पोखरा । नेकपा एकीकृत समाजवादी पार्टी छोडेका चूडामणि जंगलीले पार्टीमै काम गर्ने भए नेकपा एमालेमा लाग्ने बताएका छन् । नेकपा एसमा राजीनामा स्वीकृत भएपछि नेपाल प्रेससँग कुराकानी गर्दै जंगलीले राजनीति गर्ने भए एमालेबाट गर्ने बताएका हुन् ।

‘एमाले विषम परिस्थितिलाई सामना गर्न सक्ने, समाजवादीको लक्ष्य बोकेको पार्टी भएकाले यसलाई नै बलियो बनाउनुपर्छ भन्ने साथीहरुको सुझाव छ । हामीले छलफल गरिराखेका छौं’, उनले भने, ‘पार्टीमै काम गर्ने भए एमालेमै गएर गर्ने र घरमै बस्ने हो भने कुनै पार्टीमा नलाग्ने र भोटमात्रै हाल्ने हो ।’

अध्यक्षज्यूसँग विचार नमिलेपछि पार्टी छोडेको जंगलीले प्रतिक्रिया दिए । ‘विगतमा जे भयो, भयो, पार्टी फुट्यो, विभाजन भयो, त्यसले कम्युनिष्ट आन्दोलनलाई नोक्सान बनायो । गर्न नहुने गरियो । हामीलाई जनताले पत्याएनन्’, उनले भने, ‘त्यसकारण कम्युनिष्ट पार्टीलाई जोडौं, माओवादी, एमाले र एकीकृत समाजवादी मिलाएर वामपन्थीको सरकार बनाऔं भनेर हामी लाग्यौं । तर, अध्यक्षज्यूले मान्नुभएन । हामीले विमति जनाएर पार्टी छोडेका हौं ।’

नेकपा एसको स्थायी कमिटी सदस्य जंगलीले फागुन १२ गते नै पार्टीबाट राजीनामा दिएका थिए । उनको राजीनामा आज स्वीकृत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर