बागमतीका एक हजार ५८५ जना पत्रकारको दुर्घटना बीमा – Nepal Press

बागमतीका एक हजार ५८५ जना पत्रकारको दुर्घटना बीमा

हेटौंडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका एक हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ ।

कानून र सञ्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीमार्फत बागमती प्रदेशका १३ जिल्लाका एक हजार ५८५ जना पत्रकारको दुर्घटना बीमा गरेको हो ।

मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले राष्ट्रिय बीमा कम्पनीमार्फत् प्रतिव्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बीमा गरिएको जानकारी दिए । उनका अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बीमाङ्क रकमको बीमा गरिएको छ ।

चैत ५ बाट लागू हुने बीमा लेखअनुसार बीमित पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर