गठबन्धन बैठक- कांग्रेसले ८ मन्त्रालय दाबी गर्दा नेकपा एस, जसपा र लोसपाको काउन्टर अडान

२०७९ चैत १४ गते १८:४६

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुले आआफ्नै अडान कायम राखेपछि आज बसेको बैठक निष्कर्षविहीन भएको छ ।
बेठकमा नेपाली कांग्रेसले ८ मन्त्रालयको अडान राखेको थियो । त्यस्तै, जसपा र नेकपा एसले ३/३ मन्त्रीको अडान कायमै राखेकाले सहमति हुन नसकेको बैठकमा सहभागी एक नेताले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।
उनका अनुसार साझा न्यूनतम कार्यक्रम वितरण भएको जसमा दलहरूले आआफ्नो छलफल गर्ने र भोलि बिहान ९ बजे बैठक बस्नेछ ।
प्रतिक्रिया