मैले भूमि मिचियो भन्दा प्रचण्ड-शेरबहादुर कुम्लोकुटुरो बोकेर कुरा लगाउन भारत जान्छन्: ओली (भिडिओ) – Nepal Press

मैले भूमि मिचियो भन्दा प्रचण्ड-शेरबहादुर कुम्लोकुटुरो बोकेर कुरा लगाउन भारत जान्छन्: ओली (भिडिओ)

‘अब मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन् ।

‘मिसन ग्रासरुस’ अन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन । म प्रधानमन्त्री बनिसकें । काम गरेर देखाइसकें । म प्रधानमन्त्री बन्न नपाएको त्यस्तो पनि होइन । तपाईंहरुले बनाउनुभयो । प्रधानमन्त्री बनेर काम पनि देखाएको छु ।’

उनले दश दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको बताए । नेता ओलीले एमालेविरुद्ध सबै शक्ति एकजुट भएर अप्ठ्यारो पारेपछि कब्जा गर्न लागेको पार्टी फिर्ता गरेको बताए ।

एमालेलाई काम गर्न नदिएर हटाएपछि देशको भूगोल मिचिएको उनको जिकिर थियो ।

उनले भारततर्फ लक्षित गर्दै भने, ‘मैले प्रधानमन्त्री भएर छाड्दा देश जत्रो थियो । पछि प्रचण्ड-शेरबहादुरहरुले अलिकति खुम्चाए । अलिकति आफ्नो भूभाग नदेखेको झैं गरे । कस्तो दलाली ? कस्तो चाकडी होला ? देश मिचिएको सरकारमा छन् रक्षा गर्ने कर्तव्य हो । तर, मैले त देखिन भन्छन् । मैले यति बोलेपछि भोलि कुम्लोकुटुरो बोकेर टिकट काटेर कुरा लगाउन जान्छन् । हजुर पाल्पामा गएर केपी ओलीले त नेपालको सिमाना घटायो भन्यो नि हजुर । त्यसलाई त आउन दिनुभएन है ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *