मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू

२०७९ चैत १४ गते १५:३४

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक डाकेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मिटरव्याजपीडीतको समस्या समाधानका लागि केही निर्णय लिनसक्ने बताइएको छ । मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भइरहेको प्रेस संयोजक सूर्यकिरणले बताएका छन् ।
मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार र बिहीबार बस्दै आएको छ ।
प्रतिक्रिया