सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : एमाले सचेतक बर्तौला (भिडिओ) – Nepal Press

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : एमाले सचेतक बर्तौला (भिडिओ)

नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन् ।

सचेतक बर्तौलाले प्रतिनिधिसभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसद्ले विश्वास गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा नियमावलीमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउनु उनीहरूको सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिए ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै बर्तौलाले सभामुख रेफ्री जस्तै भएकाले रेफ्रीले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट
निर्देशित भएर गर्नु नहुने बताए ।

उनले त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने बताउनु भयो । सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे ।

नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छाया पार्न नहुने उनको भनाई छ । उनले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनुहुँदैन भन्ने निस्कर्ष राजनीतिक दलहरूको रहेको पनि उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर