भीम रावलले भने- एमालेमा घचेट्या घचेट्यै गरे नयाँ पाइला चाल्न सक्छु (भिडिओ) – Nepal Press

भीम रावलले भने- एमालेमा घचेट्या घचेट्यै गरे नयाँ पाइला चाल्न सक्छु (भिडिओ)

कैलाली । नेकपा एमालेका नेता डा. भीम रावलले तत्काल एमाले छोड्ने मनस्थितिमा आफू नरहेको बताएका छन् । आज धनगढीमा पत्रकारहरूको भेटघाटमा उनले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको प्रष्ट्याएका हुन् ।

कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनु भएको छ, के एमाले छोड्न लाग्नु भएको हो ? भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु- त्यति बेला किन घचेटि माग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

उनले अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी गर्ने बताए ।

एमाले नेता रावलले उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोपसमेत लगाएका छन् । आइतबार अछाममा आयोजित पार्टी कार्यक्रममा रावल पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए ।

‘मैले ४८ सालदेखि चुनाव लड्दै आएको छु कहिल्यै कसैसँग टिकट मागिनँ तपाईँलाई मागे र ?’ पौडेललक्षित उनको प्रश्न थियो ।


प्रतिक्रिया

One thought on “भीम रावलले भने- एमालेमा घचेट्या घचेट्यै गरे नयाँ पाइला चाल्न सक्छु (भिडिओ)

  1. नेकपा एमाले विरोधीहरू सक्रिय हुञ्जेल मौन बसेका भीमबहादुर रावल विरोधीहरू सत्ता समिकरणमा व्यस्त भएपछि एमालेविरूद्ध फेरि सक्रिय हुन खोज्दैछन्। चैत २०७७ देखि यता झुक्किए पनि रावलले एमालेको पक्षमा लेखेका र बोलेका छैनन्। गएको चुनावमा सुदुरपश्चिममा एमाले हराउने भूमिका उनी देखिएकै हुन्।
    म त स्पष्ट छु, एमाले हुँ भन्दै एमाले नै कमजोर बनाउने भुमिकामा उनी सक्रिय हुँदैछन् अन्यथा यो खालको हर्कत सार्वजनिक रूपमा गर्ने थिएनन्। घनश्याम भुसालले त माधव नेपालको दाहिने हाथ र नेकां बलियो बनाउने राजनीति सुरू नै गरिसके अब रावलले कुन दिनदेखि कसरी त्यस्तै राजनीति सुरू गर्छन् भन्ने प्रतिक्षाको विषय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर