सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट हुने (भिडिओ) – Nepal Press

सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट हुने (भिडिओ)

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट सुरु हुने भएको छ ।

प्रोफेसनल गल्फर एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबारसम्म संचालन हुने जनाएको छ । रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरि कुल ३८ खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उपविजेताले ६५ हजार पाउने छन् । तेस्रोले ४६ हजार, चौंथो ३८, पाँचौंले ३४, छैटौंले ३०, सातौंले २७, आठौंले २४, नवौंले २२, दशौँले २० हजार प्राप्त गर्ने छन् । त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *